धनकुटाको साँगुरीगढी गाउँपालिका–८, हर्चुवाबाट प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट गस्तीमा खटिएको प्रहरी टोलीले हर्चुवास्थित खहरे खोल्सीमा रहेको ढुंगाको चेपबाट बेवारिसे अवस्थामा उक्त भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार बरामद गरिएको बन्दुकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।