
राजनीतिक शून्यतापछिको अवस्थाको बारेमा छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देलले धरानका मेयर हर्कराज राई(साम्पाङ) र व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईसँग छलफल गरेका छन्। जंङगीअड्डामा बोलाएर उनले छलफल गरेका हुन्।
अन्तरिम सरकार गठनका लागि सेनाले सवैपक्षसँग छलफल गरिरहेको छ। जेनजीका प्रतिनिधिहरुसँग पनि सैनिक नेतृत्वले छलफल गरिरहेको छ।
जेनजीको आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कसरी अघि बढ्ने भन्नेमा राष्ट्रपति रामचन्द्र यादब र प्रधानसेनापति सिग्देलले वार्ताका लागि आन्दोलनरत पक्षसँग आह्वान गरेका थिए।