मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकतन्त्रका आधारभूत मूल्य मान्यता र राजनीतिक सहअस्तित्वकै आधारमा अघि बढ्नुपर्छ : रास्वपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३o:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतन्त्रका आधारभूत मूल्य मान्यता र राजनीतिक सहअस्तित्वकै आधारमा अघि बढ्नुपर्ने बताएको छ।

बुधबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘नयाँ परिस्थितिमा पनि मुलुक विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रताजस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढाउनुपर्छ भन्नेमा रास्वपा दृढ छ।’

जनतामाझ आशाको सञ्चार गर्न नसकिए नयाँ नेपाल निर्माण फेरि पनि आकांक्षामै सीमित हुने विज्ञप्तीमा भनिएको छ। ‘अबको राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन सकिएन भने परिवर्तनको चाहना दिगो रुपमा संस्थागत हुन सक्दैन,’ रास्वपाले भनेको छ।

आन्दोलनका क्रममा युवा पुस्ताले व्यक्त गरेको चाहनालाई राजनीतिक रुपमा सम्बोधन गर्ने वातावरण निर्माणमा पनि रास्वपा सचेत रहेको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक कोर्षलाई सही दिशामा अगाडि बढाउन, शान्तिसुव्यवस्था कायम राख्न र सामाजिक सदभाव अभिवृद्धिमा जनस्तरबाट निरन्तर खबरदारी र पहलकदमीका लागि पनि हार्दिक अपिल गर्दछौं।’