
नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोज्नुपर्ने बताएको छ।
एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर पार्न नहुने एमालेले स्पष्ट पारेको छ।
जेन्जीको शान्तिपूर्ण प्रदर्शनलाई विध्वंसात्मक र विनाशकारी बनाइएको घटनाको छानबिन तथा राज्यका सुरक्षा निकायहरुको भूमिकाको समीक्षा हुनुपर्ने एमालेले बताएको छ।
‘प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्वघोषणाविपरीत र यसमा कुनै संलग्नता नरहेको उहाँहरुको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ,’ विज्ञप्तीमा भनिएको छ।