
महाराजगन्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् ।
जेन–जीको आह्वानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् । यसैक्रममा महाराजगन्जस्थित शीतलनिवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन्।