मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार

देशका भिआइपी क्षेत्रसमेत सुरक्षा निकायको नियन्त्रणबाहिर 

संसद भवन जल्यो, सिंहदरबारभित्र प्रदर्शनकारी छिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३८:oo

देशको अवस्था सुरक्षा निकायको नियन्त्रणबाहिर गएको छ।  सुरक्षाकर्मीले हात उठाएपछि प्रदर्शनकारी सिंहदरबार र संसद् भवनभित्र प्रवेश गरेका छन्। संसद् भवनमा आगजनी भएको छ । आगोले सिंगो भवन जलिरहेको छ। 

भिड थेग्न नसकेपछि सुरक्षाकर्मीले हात उठाएका हुन्। भैँसेपाटीस्थित मन्त्रीनिवास पनि प्रदर्शनकारीले जलाएका छन् । सुरक्षा निकाय भिआइपीहरूको सुरक्षामा केन्द्रित भएका छन्। उनीहरूलाई हेलिकोप्टरमा सुरक्षित स्थानमा राखिएको छ। राष्ट्रपति भवन र प्रधानमन्त्री निवासअगाडिको सडक बन्द गरेर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

देश नियन्त्रणमा लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।