
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको घरमा आगजनी भएको छ । आन्दोलनकारीले मंगलबार झापामा रहेको शर्माको घरमा आगजनी गरेका हुन् ।
जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले यसअघि कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाको काठमाडौं (रातोपुल)स्थित निवासमा पनि आगजनी गरेका थिए ।
आक्रोशित समूहले कांग्रेसका पूर्वउपसभापति विलेन्द्र निधिको बानेश्वर हाइटस्थित निवासमा पनि आगजनी गरेका थिए ।