
बानेश्वर क्षेत्रपछि प्रशासनले सिंहदरबार, नारायणहिटी–लैनचौरदेखि महाराजगन्जसम्म कर्फ्यु विस्तार गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु विस्तार गरेको हो।
राष्ट्रपति कार्यालय शीतलनिवास क्षेत्र, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु लगाइएको हो।