मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २२ आइतबार १८:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल स्कुल फुटबल लिगको ट्रफी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १८:o३:oo

नेपाल स्कुल फुटबल यू–१८ लिगको ट्रफी सार्वजनिक भएको छ। थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा भइरहेको प्रतियोगिताका लागि आइतबार अनावरण गरिएको ट्रफी २२ इन्च अग्लो र १३ किलो तौलको छ।

यस वर्षको नेपाल स्कुल फुटबल यू–१८ लिगमा काठमाडौं उपत्यकाका ८ विद्यालयले सहभागिता जनाएका छन्। यी विद्यालयबिच हुने प्रतिस्पर्धाबाट उत्कृष्ट टोलीले यो ऐतिहासिक ट्रफी आफ्नो विद्यालयमा लैजाने अवसर पाउनेछ। लिग चरणका शीर्ष चार टोलीबिच प्ले–अफ खेल सञ्चालन हुनेछ।

ट्रफी सार्वजनिक कार्यक्रममा खेलाडी, अभिभावक, विद्यालयका प्रतिनिधि तथा फुटबलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। आयोजक समितिका अनुसार यो ट्रफी मात्र नभई प्रतियोगिता नै विद्यालय फुटबलको स्तर उकास्ने महत्त्वपूर्ण प्लेटफर्मका रूपमा रहनेछ।

प्रतियोगितामा जेम्स थन्डरबोल्ट्स, डिएभी सुपर डाँफे, एलए स्नोलियोपाड्र्स, काठमाडौं लोकयुग एफसी, चेल्सी फाल्कन्स, युलेन्स प्याथर्स, रातो बंगला रेड पान्डाज र एफसी माउन्ट कान्जिरोवा विद्यालयको सहभागिता रहनेछ।

विजेता टोलीले ५ लाख र उपविजेता टोलीले २ लाख ५० हजार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको छ।