मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
Invalid date format १७:४६:oo
Read Time : < 1 मिनेट
समाचार

जन्मदिनको अवसरमा अक्षयकोष स्थापना, विद्यार्थीलाई पोसाक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

लायन्स क्लब पोखरा कालिका भ्यु टाउनका अध्यक्ष पुष्पराज त्रिपाठीले आफ्नो जन्मदिनको अवसरमा एक लाख एक रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। सो अक्षयकोषबाट विद्यार्थीहरूलाई सहयोग थालेका छन्। 

अक्षयकोषबाट पोखरा महानगरपालिका–२८ स्थित  लेखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरिएको छ। सातजना विद्यार्थीलाई विद्यालय पोसाक र ३२ जना विद्यार्थीलाई ट्र्याकसुट सेट वितरण गरिएको छ। 

कार्यक्रमका प्रमुख अतिथि रहेका लायन्स क्लब डिस्ट्रिक गभर्नर पिमजेफ धनीराम बराल , अतिथिमा क्लस्टर ३ प्रमुख दिलु तिवारी , दिनेशबाबु खड्का, नारायण अधिकारी, चन्द्रा शर्मा, लायन्स सदस्यहरू थिए। त्यस्तै, विद्यालय प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक संघ  तथा विद्यार्थीहरूको  उपस्थितिमा पोसाक वितरण कार्यक्रम सम्पन्न भएको हो।