मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २२ आइतबार १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीप्रति जनताको आशा भरोसा छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १७:२३:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन् । 

मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत आज लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित भोटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका वेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखेका हुन्। आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनताकेन्द्रित भएर काम गरिरहेको उल्लेख गरे।

अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्यांकन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताए। उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठुलो दल बन्ने विश्वास व्यक्त गरे।