मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
Invalid date format o८:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मोरोक्को सन् २०२६ को विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५५:oo
  • अफ्रिकी महादेशमा चलिरहेको छनोटमा मोरोक्कोले समूह ‘ई’मा सर्वाधिक १८ अंक बटुल्दै लगातार विश्वकपमा स्थान बनायो 

मोरोक्को सन् २०२६ को फिफा पुरुष विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । अफ्रिकी महादेशको छनोट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा मोरक्कोले नाइजरलाई ५–० गोलको फराकिलोअन्तरले हराएको हो । जितसँगै मोरोक्को आगामी फिफा विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बन्न पुगेको हो ।

मोरोक्कोको जितमा इस्माइल साइबारीले दुई गोल गरेका थिए । उनले खेलको २९औँ र ३८औँ मिनेटमा गोल गरेका थिए । मोरोक्कोका लागि अयुब अल काबी, हमजा इगामाने र अजेदिनले समान एक गोल गरे । 

मोरोक्कोको रावतमा भएको खेलको पहिलो हाफमा नाइजर १० खेलाडीमा समेटिएको थियो । खेलको २६औँ मिनेटमा नाइजरका अब्दुल लतिफ डियोरी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

सन् २०२२ मा कतार विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरोक्को लगातार विश्वकपमा छनोट भएको हो । तीन वर्षअघि सनसनी नतिजा निकाली विश्वकपको अन्तिम चार स्थान बनाउने क्रममा मोरक्कोले स्पेन र पोर्चुगलजस्ता बलिया राष्ट्रलाई हराएको थियो ।

मोरोक्को सेमिफाइनलमा फ्रान्ससँग २–० ले पराजत भएको थियो । योपटक अफ्रिकी महादेशको छनोट प्रतियोगितामा मोरोक्को समूह ‘ई’मा थियो । मोरोक्कोले लगातार ६ खेल जित्दै १८ अंक जोडेको छ ।

६ खेल खेलेको तान्जानिया १० अंकसहित दोस्रो स्थानमा छ । सन् २०२६ को विश्वकप ११ जुन देखि १९ जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन् । अफ्रिकी छनोटअन्तर्गत आठ समूह विजेता सीधै विश्वकपमा छनोट हुनेछन् ।

विश्वकपमा पुगेका १७ राष्ट्र 
एसिया : अस्ट्रेलिया, इरान, जापान, जोर्डन (पहिलोपटक), दक्षिण कोरिया, उज्वेकिस्तान (पहिलोपटक)
उत्तर अमेरिका : क्यानडा, मेक्सिको, संयुक्तराज्य अमेरिका
दक्षिण अमेरिका : अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे
ओसिएना : न्युजिल्यान्ड
अफ्रिकी महादेश : मोरोक्को