मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २१ शनिबार १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको विधान संशोधन प्रतिवेदनमा संगठन विभाग प्रमुखकै असन्तुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार १८:२९:oo

एमालेको विधान संशोधन प्रतिवेदनप्रति संगठन विभागका प्रमुखले नै असन्तुष्टि जनाएका छन् । समूहगत छलफलको क्रममा स्थायी समिति सदस्यसमेत रहेका संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले मस्यौदाप्रति असहमति राखेका हुन् । उनले साधारण सदस्यसमेत थपिएकोमा असन्तुष्टि जनाएका हुन् । एमालेमा हाल संगठित सदस्य मात्र रहने व्यवस्था छ ।

उपाध्यक्ष विष्णु पौडेले विधान महाधिवेशनमा प्रस्तुत गरेको विधान संशोधन प्रतिवेदनमा संगठित र साधारण सदस्य रहने उल्लेख छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले शनिबार समूहगत छलफल गरेका हुन् । 

बागमती प्रदेशको समूहगत छलफलमा अधिकारीले असन्तुष्टि राखेको एक विधान महाधिवेशन प्रतिनिधिले जानकारी दिए । अधिकारी स्थायी समिति सदस्यसमेत हुन् ।

स्थायी समिति बैठक नराखिएकाले अधिकारीले समूहगत छलफलकै क्रममा असन्तुष्टि जनाएका हुन् । विधान महाधिवेशनअघि प्रतिवेदनहरू पारित गर्न बोलाइएको केन्द्रीय समिति बैठकसमेत स्थगित भएको थियो ।