मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २१ शनिबार १o:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चेम्बरको ‘रियल रिदम एन्ड सोल’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार १o:o८:oo
  • नेपाली र रसियन नृत्य तथा गायन प्रस्तुत, महिला उद्यमी र संस्कृतिलाई जोड्न खोजिएको आयोजकको भनाइ

चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा नेपाल महिला चेम्बरले काठमाडौंंमा सांस्कृतिक कार्यक्रम गरेको छ । महिला चेम्बरले सुशीला आर्ट एकेडेमीसँगको सहकार्यमा ‘रियल रिदम एन्ड सोल’ सांस्कृतिक कार्यक्रम गरेको हो । 

यो चौथो चरणको कार्यक्रम हो । काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा सुशीला आर्ट एकेडेमीका कलाकारले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । नेपाली र रसियन संस्कृतिमा आधारित नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । सुशीला आर्ट एकेडेमीकी अध्यक्ष युलिया कोइरालाको संयोजनमा उक्त सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई रियल दरबारले सहयोग गरेको थियो । यस्तै, सिद्धार्थ बैंक, दी रसियन हाउस, रिल्भरिङ इन्भेन्टले पनि सहयोग गरेका थिए । 

महिला चेम्बरकी अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमी र संस्कृतिलाई जोडेर यो कार्यक्रम आयोजना गरिएको बताइन् । उनले महिला उद्यमीले धेरै समस्या भोग्दै आएको बताउँदै त्यसलाई न्यूनीकरण गर्नुपर्ने बताइन् । महिला उद्यमशीलताको विकास गर्नुपर्ने उनको भनाइ छ । यो कार्यक्रमले महिला सशक्तीकरणमा पनि सहयोग पुग्ने उनको भनाइ छ । 

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कार्यक्रमबाट महिला उद्यमशीलताको विकासमा सहयोग पुग्ने बताए । ‘यो सांस्कृतिक कार्यक्रम मात्रै होइन, महिलाको संस्कृति, आत्मविश्वास र पहिचानका रूपमा पनि यसलाई हेरेका छौँ । महिलामा आत्मविश्वास बढेको छ । संस्कृति र व्यवसायलाई जोडेर कार्यक्रम गरिएको छ,’ उनले भने ।