मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले बन्द गरेकाे सामाजिक सञ्जालमा प्रधानमन्त्रीको निजी सचिवालय अझै सक्रिय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

नेपाल सरकारले दुई दर्जनभन्दा बढी सामाजिक सञ्जाल प्लाटफर्मलाई बन्द गरेको छ। मन्त्रिपरिषद्को निर्णयका आधारमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ती प्लाटफर्महरूमा नेपालबाट पहुँच नदिन निर्देशन दियो।

तर, प्रधानमन्त्री केपी ओलीकै सचिवालय भने शुक्रबारसम्म पनि तिनै सामाजिक सञ्जालहरूबाट सूचना सम्प्रेषित गरिरहेको छ। केहीबेरअघि मात्र गोदावरीमा सुरु भएको एमाले विधान महाधिवेशनसम्बन्धी सूचना र तस्बिरहरू ह्वाट्सएप ग्रुपदेखि फेसबुक पेजहरूसमार्फत सचिवालयले सार्वजनिक गरिरहेकाे छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रकाश सिलवाललाई यसबारेमा साेध्दा बन्द गरिए पनि सामाजिक सञ्जाल चलेसम्म चलाउने बताउँछन्। ‘चल्दासम्म हामीले त्यही माध्यमबाट सूचना  पठाउने हो। चलाउनै हुँदैन भन्ने छैन,’ उनले भने।