मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली भन्छन्– कांग्रेस–एमालेलाई समर्थन गर्नुको विकल्प छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले जनताले एमाले र नेपाली कांग्रेसलाई समर्थन गर्नुको विकल्प नभएको बताएका छन्। 

पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सोही कारण एक–अर्कालाई समर्थन गर्दै अघि बढेको बताएका हुन्।  

‘कांग्रेस र एमालेका अगाडि समर्थन गर्नुको अरू विकल्प छैन। कि एउटाले समर्थन गर्छ, कि अर्कोले,’ ओ‌लीले भने।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जादुगर नम्बर छ भन्ने भ्रम अहिले तोडिएको बताए। 

‘हामीसँग जादुयी नम्बर छ भन्ने भ्रम पर्न थालेको थियो म्याजिक नम्बर। जादु भनेको जादु हो नि। यही जादु आफ्नो हातमा छ भन्ने केही मान्छेलाई भ्रम परेको थियो,’ उनले थपे, ‘तर, एमाले त्यो १४ महिनाको अवस्था एमालेले फेरेको छ। देशमा अराजनीतिक बेथिति फैलिएको थियो। त्यो नियन्त्रणमा आएको छ। हाम्रो पार्टी लोकतन्त्रको राजका लागि लडेको पार्टी हो। यसको रक्षाका लागि लड्न, ट्याक्टिकल मुभ धेरै हुन्छ।’