मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ भदौ १८ बुधबार १७:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सेकाहामा आयोजित भलिबलको उपाधि सिभुवाले जित्यो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार १७:४७:oo

संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहा भाङखर्कमा आयोजित खुला भलिबल प्रतियोगिताको उपाधि पाँचखपन सिभुवाले जितेको छ।

बुधबार भएको फाइनल खेलमा नेपाल प्रहरीलाई सोझो सेटमा हराउँदै पाँचखपन सिभुवाले जित हासिल गरेको हो। पहिलो सेटमा २७–२५, दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–१७ अंक प्राप्त गर्दै सिभुवा प्रतियोगिताको विजेता भयो। नेपाल प्रहरीले उपविजेतामै चित्त बुझाएको छ।

सिलीचोङका माङतेवा र सिसुवाखोला प्रतियोगिताको सेमिफाइनलिस्ट भए। एकै पालिकाका दुई टिमले प्रतिस्पर्धा गरेका थिए। १४ भदौबाट सुरु भएको प्रतियोगिता बुधबार समापन भएको खेल संयोजक दुशन गुरुङले जानकारी दिए।

खाँदबारी नगरपालिका—४, सेकाहा भाङखर्क टोल विकास संस्थाले प्रतियोगिताको आयोजना गरेको हो। स्थानीय हरेलो बजारको अवसरमा बर्सेनि भलिबल प्रतियोगिता हुँदै आएको छ।

उक्त प्रतियोगितामा जिल्लाभरका १२ टिमको सहभागिता थियो। प्रतियोगिताका विजेताले नगद २५ हजार प्राप्त गर्दा उपविजेताले १५ हात पार्‍यो। सेमिफाइनलिस्ट दुई टिमले नगद ८-८ हजार रुपैयाँ पाएका छन्।