मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
प्रकाश पौडेल बर्दिया
Invalid date format o९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई मासिक जीवन निर्वाह भत्ता

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
Invalid date format o९:१o:oo

बर्दियाको ठाकुरबाबा नगरपालिकाले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिन थालेको छ। पालिकाले द्वन्द्वकालका बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई मासिक दुई हजार पाँच सय रुपैयाँ मासिक जीवन निर्वाह भत्ता दिन थालेको छ।

बेपत्ता पारिएका व्यक्तिको श्रीमतीले एकल भत्ता नपाउने हुँदा पालिकाले नीतिगत व्यवस्था गरेर बेपत्ता व्यक्तिको श्रीमतीलाई मासिक भत्ता दिने थालेको हो । पालिकाले अहिले आठजना महिलालाई मासिक भत्ता दिन सुरु गरेको पालिकाकी उपप्रमुख विना भट्टराईले बताइन् । उनले पालिकाले दिएको मासिक भत्ताले द्वन्द्वकाल श्रीमान् गुमाएका महिलालाई घर चलाउन थोरै भए पनि सहज हुने विश्वास लिएको धारणा व्यक्त गरिन्। 

बर्दिया द्वन्द्वकालमा सबैभन्दा बढी प्रभावित जिल्ला हो । बेपत्ता तथा छानबिन आयोगमा दुई सय ६१ जना बेपत्ता पारिएको भनी उजुरी परेको छ भने बर्दियाको राजापुर नगरपालिकाले १५ जनालाई बेपत्ता पारिएको व्यक्तिको श्रीमतीलाई मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ ।

छुटाउनुभयो की ?