मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
Invalid date format २१:५९:oo
Read Time : < 1 मिनेट
समाचार

लागुऔषधसहित तीन भारतीय नागरिक र एक नेपाली पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५९:oo

अवैध लागुऔषधसहित तीन भारतीय नागरिकसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोस्ट भगवानपुर सिराहाबाट खटिएको प्रहरी टोलीले भगवानपुर गाउँपालिका–१ भगवानपुर चोकनजिकैबाट बिआर३२एएक्स १४८३ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

प्लास्टिकसहित ४१.९७ ग्राम र प्लास्टिकबाहेक ४० ग्राम लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मधुबनी जिल्ला लौकही थाना ग्राम पञ्चायत झौहरी ग्राम घोबयाहीका  मोहम्मद मिस्टर, मोहम्मद मुस्तफा, खुटौना थाना ग्राम पञ्चायत प्रसाही पूर्वी ग्राम मुरारपट्टीका अख्तर हुसेन र सप्तरी खड्क नगरपालिका–६ का आविद हुसेन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेश यादवले बताए । 

उनीहरूलाई थप अनुसन्धान गर्न जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद प्राप्त गरेको प्रहरी निरीक्षक यादवले बताए ।