मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समितिका लागि निरन्जन प्रसाद भट्ट प्यानल घोषणा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:१२:oo

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि आउँदो २० र २१ गते ०८२ मा हुने निर्वाचनका लागि निरन्जन प्रसाद भट्ट प्यानल घोषणा गरिएको छ ।  शनिबार संघका हाल अध्यक्षसमेत रहेका  निरन्जन प्रसाद भट्ट प्यानल घोषणा गरिएको हो । वरिष्ठ उपाध्यक्ष देव बहादुर चन्द, उपाध्यक्ष दिपक भट्ट, महासचिव योगेन्द्र ठगुराठी, सचिव ब्रिज किशोर चन्द, कोषाध्यक्ष तेज बहादुर चन्द र सहसचिव हेम बहादुर महराको पदाधिकारी प्यानल घोषणा गरिएको छ । 

प्यानल घोषणा गर्दै निरन्जन प्रसाद भट्टले आफ्नो प्यानल वर्तमान सत्ता गठनबन्धन(कांग्रेस, एमाले) निकट विचार राख्ने युवा निर्माण व्यवसायी रहेको बताए । उनले आफ्नो अधिल्लो कार्यकालमा आम व्यवसायीहरुका क्षेत्रमा काम गर्दै आएको मुल्याङकन गर्दै अहिले फेरी नेतृत्वमा आउन चाहेको बताए । ‘मैले विगतमा संकट, समस्यामा परेका व्यवसायीको हकहितका  साथै पेशागत सुरक्षाका  लागि गरेको कामको आम निर्माण व्यवसायीले मुल्याङकन गरेका छन, ‘उनले भने, ‘अहिले  पनि उहाँहरु नै मलाई अघि सारेका छन, फेरि आम व्यवसायीका लागि सहयोग गर्छु ।’ 

गत  गतमा  भुक्तानी नपाएका व्यवसायीहरुको हकहितका लागि आफ्नो नेतृत्वको निर्माण व्यवसायी संघले संस्थागत रुपमा  पहल गर्दै तुरुन्तै भुक्तानी दिलाउनेदेखि निर्माण व्यवसायी र कर्मचारीविच देखिएको विवाद पनि निरुपण गरेको बताए । आफु फेरि अध्यक्ष पदमा दोहोरिने मुल कारण थप निर्माण व्यवसायीहरुको हकहितका लागि भएको घोषणा गरेका छन् ।

भट्ट प्यानललाई पुर्व अध्यक्ष एव पदाधिकारीहरुले समेत साथ सर्मथन रहेको घोषणा गरेका छन् । एमाले नेतासमेत रहेका वरिष्ठ निर्माण व्यवसायी दामोदर प्रशाद भट्टले निरन्जन प्रसाद भट्ट प्यानल सक्षम भएकाले गत विगतका उनीहरुको कामका आधारमा आफुले पनि साथ सर्मथन दिएको बताए । पुर्व अध्यक्ष लोक बहादुर ठगुराठीले भट्ट नेतृत्वको समितिले आम व्यवसायीका हकहितका लागि काम गरेकाले फेरि पनि आवश्यकताका आधारमा साथ सर्मथन दिने घोषणा गरेका छन् ।

उद्योग निर्माण परिसंघका अध्यक्ष ज्ञानेन्द्र फुयालले राम्रो काम गरेकाले भट्ट प्यानलाई साथ सर्मथन दिएको बताए । पुर्व अध्यक्ष गजेन्द्र बहादुर चन्दले भट्ट नेतृत्वको समितिले सरकारी कार्यालयमा व्यवसायीले बोक्दै आएका समस्या सम्बोधन गर्दै निवारण गर्ने भएकाले आफ्नो साथ सर्मथन रहेको बताए । 

पुर्व अध्यक्ष भुवन भट्टले समेत निरन्जन प्रसाद भट्ट प्यानललाई साथ सर्मथन दिने घोषणा गरेका छन् । युवा व्यवसायी गजेन्द्र विक्रम थापाले संघ संस्थाको संस्थागत विकास र आम व्यवसायीको हकहितका लागि पहल गरेका भट्ट प्यानलाई साथ रहेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गणेश दत्त जोशीले जिल्लाका  निर्माण व्यवसायीहरुको हकहितका  लागि काम गरेका भट्टलाई जिम्मेवारी दिनुपर्नेमा  जोड दिए ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्षत्रय रामदत्त लेखक, प्रेमप्रकाश भट्ट र प्रेमसिंह भण्डारीले समेत निरन्जन प्रसाद भट्टसहित उनी नेतृत्वको समितिले अपेक्षित काम गरेकाले फेरि निर्माण व्यवसायीका साझा समस्या समाधानदेखि हकहितका लागि काम गर्ने भएकाले आफुहरुको साथ सर्मथन सहयोग र जिताउने जिम्मेबारी रहेको घोषणा गरेका छन् ।