मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
Invalid date format १o:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अविरल वर्षाका कारण त्रिभुवन राजपथ र कान्ति लोकपथ अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२८:oo

शुक्रबारदेखिको अविरल वर्षासँगै आएको पहिरोका कारण हेटौँडा र काठमाडौं जोड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथ अवरुद्ध छन् ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–भैँसे सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा माथिबाट खसेको ठूलो पहिरोले शुक्रबार साँझदेखि अवरुद्ध सडक अहिलेपनि खुल्न सकेको छैन । यसैगरी हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सडक सुचारु बनाउन सडक विभाग, प्रहरी, सेना र हेटौँडा उपमहानगरपालिकाका उपकरण परिचालन गरिएको भए पनि अवरुद्ध सवारी साधनहरू बीचमै रोकिएका छन् ।

यता कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर ८ भर्‍याङडाँडा र बकैया गाउँपालिकाको लेनडाँडामा गएको पहिरोका कारण उक्त राजमार्ग पनि शुक्रबारदेखि नै बन्द छ ।
मकवानपुर प्रहरी प्रवत्तःा डिएसपी श्यामु अर्यालका अनुसार सडक माथीबाट लेदासहित ढुंगा माटो खसिरहेकाले पहिरो पन्छाउन कठिनाई भएको छ । बाटो अवरुद्ध हुँदा सवारीसाधन सडकमै रोकिएका छन भने यात्रुहरु अलपत्र परेका छन् ।