मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ७ शनिबार o९:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैकल्पिक विकास वित्त विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार o९:२१:oo

वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट पारित भएको छ । संसद्मा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले मुलुकमा ठुला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताए ।

अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै छिटो पारित गरेर संसद्ले छोटो समयमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको बताए । संसद्को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिसभामा पेस गरिएको थियो ।