मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भंगालनिवासमा विद्याले गरिन् महिला नेतृहरूको जमघट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o५:oo

एमाले अध्यक्ष केपी ओलीसँग दूरी बढिरहेकै वेला शुक्रबार पूर्वराष्ट्रपति विद्या भण्डारीले निजी निवास भंगालमा पार्टीसम्बद्ध करिब दुई सय महिला नेतृहरूको जमघट गरेकी छिन् ।

तिज पर्वको अवसर पारेर उनले महिला नेतृहरूलाई दर खुवाउन आमन्त्रण गरेकी थिइन् । त्यही क्रममा पार्टीसम्बद्ध महिला नेतृहरू निमन्त्रणा स्विकार्दै भेला भएका हुन् ।

भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार काठमाडौंमा उपलब्ध एमाले स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्य, जनप्रतिनिधिसहित करिब दुई सय महिला नेतृहरू दर खाने कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रपति भएको पहिलो वर्षदेखि सुरु भएको दर खुवाउने कार्यक्रमलाई विद्याले निरन्तरता दिएकी हुन् ।