मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
Invalid date format २१:o९:oo
Read Time : > 1 मिनेट
समाचार

बागलुङ बसपार्कमा सेवा शुल्क संकलन तथा व्यवस्थापनका निम्ति २५ वर्षे सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o९:oo

बागलुङ नगरपालिकाद्वारा संचालित दावगरा बसपार्क क्षेत्रमा सेवा शुल्क संकलन तथा  व्यवस्थापनका निम्ती आरवि कन्स्ट्रक्सन पोखरासँग सम्झौता भएको छ । बागलुङ नगरपालिका–४ स्थित उक्त बसपार्क नियमित सञ्चालन र व्यवस्थापनका निम्ती २५ वर्षको सम्झौता भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा र आरवि कन्स्ट्रक्सन पोखराका प्रतिनिधि केदारप्रसाद रिजालबिच सम्झौता भएको हो । उक्त सम्झौतापत्र नगरप्रमुख बसन्तकुमार श्रेष्ठ उपप्रमुख राजु खड्का र बानपा–४ का वडा अध्यक्ष कुमारविक्रम क्षेत्रीको रोहबरमा बसपार्क सञ्चालनको जिम्मा लिने कम्पनीलाई हस्तान्तरण गरिएको छ । 

नगरपालिकाले तोकेको दरमा कर संकलन प्रयोजनार्थ उक्त कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । बसपार्क सञ्चालन र व्यवस्थापन पाएको कन्स्ट्रक्सनले २५ वर्षमा कुल आठ करोड ५५ लाख ६१ हजार एक सय ७२ रुपैयाँ नगरपालिकालाई भुक्तानी गर्नेछ । जसको वार्षिक झण्डै १६ लाख २५ हजार रुपैयाँ कन्स्ट्रक्सनले भुक्तानी दिनेछ । सम्झौतापत्रमा सवारीसाधन पार्किङकको दररेट समेत नगरपालिकाले कायम गरेको छ ।

कुल १७ रोपनी आठ आना क्षेत्रफलमा फैलिएको बसपार्क क्षेत्रमा सुविधासम्पन्न भवन र २३ वटा सटर तीनवटा टिकट काउण्टर, पाँचवटा महिला शौचालय, इभी चार्जर जडान गर्ने स्थान लगायतका संरचना छन् । बसपार्कका सटरहरूको तीन हजार पाँच सयदेखि १० हजारसम्म मासिक भाडा कायम गरिएको छ । 

सवारी साधनअन्तर्गत रात्री बसको पार्किङ शुल्क दुई सयदेखि मोटरसाइकलको १० रुपैयाँ शुल्क तोकिएको सम्झौतापत्रमा उल्लेख छ । 

सम्झौता अनुसार कन्स्ट्रक्सनले सेवा शुल्क असुलीका सम्बन्धमा नगरपालिकाको गरिमामा आँच आउन खालको कुनै पनि क्रियाकलाप गनै पाउने छैन र यदि त्यस्तो गरेमा अल्प सूचनाका आधारमा विनाशर्त नगरपालिकाले सम्झौता भंग गर्न सक्ने व्यवस्था रहेको छ । 

नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले नौ करोड रुपैयाँ खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ । अन्य जग्गा घडेरीका रुपमा जग्गाधनीलाई फिर्ता गर्नुपर्ने छ ।  बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक नजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन । गत वर्ष नै बसपार्क जाने दुई स्तरीय सडक निर्माणपछि सञ्चालनमा आएको छ ।