मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
तस्बिर : एआईबाट तयार गरिएको
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एम्बुलेन्स सेवामा एकरूपता ल्याउन निर्देशिका जारी, देशभर एउटै नम्बर ‘१०२’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्दै एकीकृत सेवाको सुरुवात गरेका हुन्।

निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको आकस्मिक स्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहेको र आफ्नो कार्ययोजनाअनुसार एम्बुलेन्स सेवालाई थप एकीकृत, व्यवस्थित र पारदर्शी बनाउन सक्रिय रहेको बताए। 

‘एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी भएको छ। अब छरिएर सञ्चालनमा रहेका एम्बुलेन्स सेवा एउटै छातामुनि ल्याएर सबल र एकीकृत आकस्मिक स्वास्थ्य सेवा प्रणाली निर्माणमा मद्दत पुग्नेछ,’ मन्त्री पौडेलले भने।

निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सहरूलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ। साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि पनि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जिपिएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ।