मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
२o८२ भदौ ५ बिहीबार १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वेनीमणिपुर स्वास्थ्यचौकीमा भिडियो एक्सरे मेसिन, स्वास्थ्यमन्त्रीले गरे हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १२:५९:oo

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ४ मा रहेको स्वास्थ्यचौकी अस्पताललाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको आधारभूत अस्पतालका साथै यहाँ रहेका स्वास्थ्य संस्थाहरूको निरीक्षणका लागि आइपुगेका मन्त्री पाठकले स्वास्थ्यचौकीलाई गण्डकी प्रदेश सरकारले सहयोग गरेको एक्सरे मेसिन हस्तातरण गरेका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण पाण्डे, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, पूर्वअध्यक्ष डम्बरबहादुर जिसीलगायतका स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।  

त्यसैगरी सोही अवसरमा सर्दीमा रहेको होङ्गसी सिमेन्टले वेनीमणिपुर स्वास्थ्यचौकी भवन निर्माणका लागि दुई लाख रुपैयाँसमेत सहयोग गरेको थियो । मन्त्री पाठकले विनयी त्रिवेणीको आधारभूत अस्पतालको निरीक्षणसमेत गरेका थिए ।  त्यसैगरी उनले श्रीमानद्वारा हत्या भएकी गोमा पौडेलको घर पुगी श्रद्धाञ्जली पनि अर्पण गरेका थिए ।