मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:५३:oo
Read Time : > 1 मिनेट
समाचार

संघीय लाेकतान्त्रिक मोर्चाबाट रुपन्देही–३ मा उम्मेदवार निश्चिय गर्ने जिम्मा रेशम चौधरीलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:५३:oo

संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिवौचनमा उम्मेदवार निश्चित गर्ने जिम्मेवारी नागरिक उम्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई दिएको छ ।  जनता प्रगतिशील पार्टीको अध्यक्ष हृदयेश त्रिपाठीको पार्टी कार्यालयमा आज बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै, बैठकले रौतहटको गौरमा १९ वर्षअघि भएको दुःखद घटनाको छानबिनको सर्वोच्च अदालतबाट भएको परमादेशबारे ध्यानाकर्षण भएको जनाएको छ ।

परमादेशको पूर्ण पाठ प्राप्त भइनसकेको भए पनि यदि भनिएजस्तो छानबिन वा अनुसन्धान सफा नियत, तटस्थता, कानुनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबिन र अनुसन्धानप्रति कसैको आपत्ति हुने कुरै नभएको उल्लेख गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, जसरी एकपक्षीय र पूर्वाग्रहले प्रेरित भई तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार चलाउने खेलहरू भइरहेका छन् त्यसले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्टसँग छर्लङ्ग भएको छ । मोर्चा यसको निन्दा गर्दछ ।’

बैठकले गौर घटनापछि सरकारद्वारा ०६३/१२/८ मा गठित ललितपुर पुनरावेदन अदालतका न्या. हरिप्रसाद घिमिरेको नेतृत्वको छानबिन आयोग तथा सर्वोच्च अदालतका तत्कालिन न्या. खिलराज रेग्मीको नेतृत्वको छानबिन आयोगको रिपोर्ट सार्वजनिक नभएको बारे पनि प्रश्न उठाएको छ । तीन वर्षअघि राष्ट्रिय मानव अधिकार आयोगबाट आएको प्रतिवेदनमा त्यस्तो दुखद् घटना के कस्तो अवस्थामा भएको हो, त्यस्तो अवस्थाको सृजना कसको गैरजिम्मेवारीपन र निहुँ खोज्ने नियोजित मानसिकताले भएको, हिंसात्मक प्रहारको सुरवात कसले गरेको, शान्ति सुरक्षाको निमित्त जिम्मेवार जिल्ला र केन्द्रीय निकायको जानाजान हेलचक्राइ जस्ता तथ्यहरु स्पष्टसंग उल्लेख भएको जनाएको छ ।

मोर्चा यी सबै तथ्यगत विषयवस्तुमा आधारित रहेर निष्पक्ष, तटस्थ, वास्तविकतामा आधारित अनुसन्धानको पक्षमा रहेको जनाएको छ । तर, एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिने कुनै पनि कारबाहीको सशक्त प्रतिकार हुने बैठकले निर्णय गरेको छ ।