मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
२o८२ भदौ ४ बुधबार २o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

हेटौँडामा नक्कली सुन देखाएर ठगी गर्ने चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार २o:o७:oo

प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी प्रयासमा संलग्न चारजनालाई हेटौँडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, बकैया गाउँपालिका–७ का ४४ वर्षीय सेतेलाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका–१ भाल्चेका ४८ वर्षीय नाम्केल तामाङ रहेका छन् ।

उनीहरूलाई प्रहरीले हेटौँडा उप–महानगरपालिका–११ सुकुम्बासी टोल, त्रिवेणीचोकस्थित एक घरबाट पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार ती व्यक्तिहरू उक्त घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

उनका अनुसार प्रहरीले कोठा खानतलासी गर्ने क्रममा झोलाभित्र पिएएमपी लेखिएको सुनजस्तो देखिने ५० थान पहेँलो धातु फेला पारेको थियो । परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पठाउँदा तीमध्ये ४९ थान नक्कली र एक थान मात्र सक्कली सुन रहेको पुष्टि भएको हो। 

उक्त सक्कली सुन १० ग्राम (हालको बजार मूल्य एक लाख ६७ हजार ६९५) राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको र बाँकी ४९ थान नक्कली धातु बरामद गरिएको प्रवक्ता अर्यालले बताए। पक्राउ परेका चारजनामाथि ठगी उद्योग कसुरअन्तर्गत मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उनको भनाइ छ।