मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ४ बुधबार १४:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ १२ र १३ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार १४:o७:oo

हिमालयन फुटबल क्लबको आयोजनामा दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले यही भदौ १२ र १३ गते हुने जानकारी दिएको हो।

प्रतियोगिताको विजेताले तीन लाख पाउनेछ भने उपविजेताले एक लाख पाउनेछ। यस्तै, विधागततर्फ अनुशासित टिमले २० हजार पाउनेछ। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार पाउनेछन् भने उत्कृष्ट म्यानेजर  र उत्कृष्ट कोचले समान पाँच हजार पाउनेछन्।

टिम दर्ताका लागि १५ हजार तोकिएको छ। टिम दर्ताका लागि ५ गतेसम्म मिति तय गरिएको छ भने खेल–तालिका भदौ १० गते सार्वजनिक हुनेछ। प्रतियोगितामा काठमाडौं उपत्यकाभन्दा बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गर्ने क्लबका अध्यक्ष विनोद कार्कीले बताए।