
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी-२० शृंखलामा मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ । बुधबार काजालिस एरिनामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १३९ रन बनायो ।
नेपालका लागि कुशल मल्लले २९, कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७, रुपेशकुमार सिंहले अविजित १६ र आरिफ शेखले १२ रन बनाए । मेलबर्नका लागि फर्गुस ओ निल, क्यालम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले समान दुई विकेट लिए ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्सविरुद्ध ६६ रनको जित निकालेको थियो । नेपालले त्यसअघि नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनको हार व्यहोरेको थियो ।