मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
Invalid date format १३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरको बेलकामा धान गोड्न हिँडेका एक पुरुष मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

घरबाट धान गोड्न हिँडेका उदयपुरको बेलका नगरपालिका– २, शान्तिनगर टोलका ५७ वर्षीय तिखे तामाङ मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार हिजो (मंगलबार) दिउँसो खेतमा धान गोड्न घरबाट हिँडेका तामाङ आज (बुधबार) बिहान नहरमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

उनले भने, ‘मंगलबार दिउँसो घरबाट खेतमा धान गोड्न जान्छु भनेर हिँडेपछि रातिसम्म घर आउनु भएनछ । त्यसपछि मृतक तामाङका आफन्तले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र स्थानीयले खोजी गर्दा नहरमा डुबेको अवस्थामा मृत फेला परेका थिए।’

कानुनी प्रक्रिया पुर्‍याएर पोस्टमार्टम गरी शव परिवारलाई जिम्मा लगाउने र घटनाको अनुसन्धान सुरु भएको दोङको भनाइ छ।