मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
दीपक भट्ट रामेछाप
Invalid date format २o:४७:oo
Read Time : > 1 मिनेट
समाचार

सिन्धुलीबाट हराएका हायु परिवार रामेछापमा खोज्दै प्रहरी प्रशासन

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format २o:४७:oo

सिन्धुलीको गोलोन्जोर गाउँपालिका–६, छेत्पानजिक भन्डास विप्पर कटेरीमा बसोबास गर्दै आएका उर्मिला हायुसहित परिवारका १६ जना तीन दिनदेखि हराएपछि उनीहरूको खोजीमा रामेछाप प्रहरी पनि जुटेको छ। 

रामेछाप नगरपालिका–७ सुकाजोर र वडा नम्बर ८ रामेछापमा पनि हायु समुदायको बसोबास रहेकाले उनीहरू रामेछापतर्फ आएको हुन सक्ने भन्दै प्रहरी खोजीमा जुटेको हो। प्रहरीसहितको टोलीले रामेछापको सुकाजोर र अन्य हायु बस्तीमा पुगेर खोजी गरिरहे पनि हालसम्म फेला नपारेको रामेछाप नगरपालिका–७, सुकाजोरका वडाध्यक्ष समीर कार्कीले जानकारी दिए । 

उनले भने, ‘हिजो दिउँसो एउटा जम्बो नयाँ टोली रामेछाप नगरपालिका–८, रामेछाप बजारबाट वडा नम्बर- ९, बेतिनीतर्फ जाँदै गरेको देखेका थिए। मान्छे चाहिँ मैले गनिनँ। टोली ठुलै र नयाँ अनुहारको देखेकाले उनीहरू हुन पनि सक्छ । मैले देखेको व्यक्तिको हुलियासहित प्रहरीलाई जानकारी गराएको छु।’ सुकाजोरको हायु बस्तीमा भने कोही पनि बाहिरको मान्छे आएको जानकारी नआएको अध्यक्ष कार्कीले बताए। 

यता प्रहरीले भने हायु परिवारले बोकेको मोबाइल फोनको लोकेसन अन्तिमपटक रामेछापमा देखिएको भन्दै प्रहरी खोजीमा जुटे पनि अहिलेसम्म पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

हायु परिवार खोज्न सिडिओ र डिएसपी नै गाउँगाउँमा
सिन्धुलीमा हराएका लोपोन्मुख हायु परिवारका सदस्य खोज्न रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्ट गाउँगाउँमा पुगेका छन्। 

हायु परिवारको एक सदस्यले मोबाइल फोन अन गर्दा देखाएको लोकेसन ट्याक गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकसहितको टोली रामेछाप नगरपालिकाको वडा नम्बर ७ सुकाजोर, वडा नम्बर ८ रामेछाप हुँदै यतिखेर वडा नम्बर ९ को बेतिनीनजिकै पुगेको छ। कच्ची सडक र पानी परिरहेकाले सडकमा गाडी फसेर निकाल्ने काम भइरहेको र हालसम्म पत्ता लाग्न नसकेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।