मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ श्रावण १२ सोमबार १९:४६:oo
Read Time : > 1 मिनेट
समाचार

ताम्रेश्वरनाथमा भारतीय श्रद्धालुको भिड

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार १९:४६:oo

साउन महिनामा लाग्ने श्रावणी मेला बोलबम काँवर जलयात्राको तेस्रो सोमबार कपिलवस्तुको तौलिहवास्थित प्राचिन ताम्रेश्वरनाथ (तौलेश्वरनाथ) महादेव मन्दिरमा भारतीय र नेपाली श्रद्धालुको घुईचो लागेको छ ।

आइतबार रातिभर प्राचिन भागिरथी  (बाणगंगा नदी)को रामघाटमा जाग्राम बसेर भजन कृतन गरेका नेपाल र भारतका श्रद्धालुले मध्यरातमा स्नान गरी जल लिई बोलबम वाचन गर्दै जलापर्ण गरेका छन् ।

जलापर्णमा सहभागी हुनेमध्ये ठूलो संख्याले जमिनमा घिस्रिएर सोमबार राति १२ बजेदेखि नै तौलेश्वर मन्दिरभन्दा ५ किलोमिटर टाढा रहेको रामघाटबाट जल लगेर अपर्ण गरेका छन् ।

जलापर्णका लागी आउने कतिपय  श्रद्धालुले भाकल पुरा गर्न १० घण्टाभन्दा बढी जमिनमा घस्रियर पाँच किलोमिटरका तय गरेका छन् । राति १२ बजेबाट जमिनमा घिस्रीन सुरु गरेका श्रद्धालु बिहान ५ बजेपछि मन्दिरमा पुगेका थिए । भाकल पूरा भएको र मनोकांक्षा पूरा हुने जनविश्वासका साथ जमिनमा घिस्रिएर जलापर्ण गर्नुलाई स्थानीय भाषामा लोटबम भन्ने गरिएको छ ।

जलापर्ण र लोटबममा सहभागी हुनेमा नेपालसहित भारत उत्तर प्रदेशको सिद्धार्थनगर, बलरामपुर, बस्ती लगायतका धेरै छन् । उत्तर प्रदेशको सिद्धार्थनगरबाट लोटबममा सहभागी रमेश केवटले भाकल पूरा भएपछि जमिनमा घिस्रिएर जलापर्ण गरेको बताए  । यो उनको तेस्रो पटक हो । कतिपयले घिस्रिएर त  कतिपयले कोल्टे फेर्दे घिस्रिएर जलापर्ण गरेका छन् ।

सोमबार मात्रै दुई सय बढीले जमिनमा घिस्रिएर जलापर्ण गरेको तौलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितिको भनाइ छ । महिनाभरी शिव मन्दिरमा जलापर्ण गर्नाले बिशेष पुण्य मिल्ने विश्वासका साथ भक्तजनहरूले यहाँ जलापर्ण गर्ने गरेका हुन् । श्रद्धालुका लागी आइतबार साँझदेखि भिक्षुचोक, गौढी चोक, चोक बजार र आन्दोलन चोकमा प्रसाद, सर्बत र पानीको व्यवस्था गरिएको थियो । 

कपिलवस्तु नगरपालिकाले विद्युतिकरण, सजावट र श्रद्धालुलाई दमकलले पानी हाल्ने व्यवस्था मिलाएको र सुरक्षा व्यवस्था सुदृढ बनाउन रामघाटदेखि मन्दिरसम्म ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको बताएको छ । अहिले कपिलवस्तुको लक्ष्मणघाट, शिवगढी लगायताका शिव मन्दिरमा भक्तजनहरूको ठूलो संख्यामा भिड लाग्ने गरेको छ ।  पछिल्लो समय बोलबम कावर जलयात्रामा नेपाल र भारतबाट ठुलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुन थालेको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले बताएका छन् ।