मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विश्व टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

प्रतियोगितामा भुटान र पाकिस्तानबाहेक नेपालसहित पाँच राष्ट्रका ३४ खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशकसमेत रहेका आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराए। भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुनेछन्। नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सबाट समान ८–८ खेलाडीले भाग लिनेछन्।

नेपालबाट समान ४–४ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा संयोग कपाली, रुबिन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहालले खेल्नेछन् भने महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा मोहनदास बासुकला तथा प्रशिक्षकमा सन्जीवकुमार ढुंगोल र सन्ध्या शाक्य छन्।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष/महिला टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछन्। विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इंग्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ।

छनोटमा पहिलो हुने राष्ट्र भारतको उडिसामा अक्टोबर ११ देखि १५ तारिखसम्म हुने एसियन टिम टेबलटेनिस च्याम्पियनसिपमा शीर्ष १२ स्थानमा रहन सफल भएको खण्डमा दक्षिण एसियाली छनोटमा दोस्रो हुने राष्ट्रले पनि इंग्ल्यान्ड यात्राको अवसर पाउनेछ।

आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले यो प्रतियोगिता नेपाली टेबलटेनिसको ठुलो प्रतियोगितामध्येको एक भएको बताए। प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख ४५ हजार खर्च हुने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।