
धादिङको सीतापाइला–धार्के सडकखण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट चितवन जाँदै गरेको बा.२ज २९९५ नम्बरको ट्याक्सी धुनीबेँसी नगरपालिका– ५, कुमाईखोलास्थित धार्के–सीतापाइला सडकबाट सडकबाट करिब पाँच मिटर तल खोल्सामा खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार ट्याक्सी आफैँ अनियन्त्रित भएर सडकबाट करिब पाँच मिटर तल खसेको हो। दुर्घटनामा परी घाइते हुनेहरूमा सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका– ३ की ४१ वर्षीया मीना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीया सन्जु खड्का, १६ वर्षीय जस्मिन गुरुङ, सात वर्षीया जेसिका गुरुङ र चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल घाइते भएको प्रहरी नायव उपरीक्षक हमालले बताए ।
उपचारका लागि सबै घाइतेहरूलाई काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ।