मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ११ आइतबार १६:४८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘मितज्यू’मा सौगात मल्ल फाइनल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १६:४८:oo

अभिनेता सौगात मल्ल अनिल बुढामगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित भएका छन्। निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो।

यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने अनुबन्ध भइसकेका छन्। यस फिल्मका लागि अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी रहेको निर्देशकले बताएका छन्।

फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माणमा ‘घरज्वाइँ’का निर्माता जनक घर्तीमगर छन्। निर्देशक अनिल बुढामगर र निर्माता जनक घर्तीमगरको यो दोस्रो सहकार्य हो। 

फिल्मको सिनेमाटोग्राफी शिशिर बिसंखेले सम्हाल्नेछन्। ‘जिएम मुभिज प्रोडक्सन प्रालि’को ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखराआसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने बताइएको छ।

निर्माण पक्षका अनुसार फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य छ।