मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसा र जग्गा प्रकरणमा मुछिएका मन्त्रीहरू ससम्मान पदमा रहेका भन्दै एमाले सांसदकै आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३७:oo

नेकपा एमालेका सांसद किरणकुमार शाहले सरकारका कामप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा शाहले भिजिट भिसा र पोखराको जग्गा प्रकरणमा मुछिएकाहरू मन्त्री पदमै ससम्मान रहेका भन्दै आपत्ति जनाए।

उनले भने, ‘सरकार भन्छ– भ्रष्टाचारीको अनुहार हेर्दैनौँ, सुशासनमा प्रतिबद्ध छौँ। तर, म प्रश्न गर्छु– भिजिट भिसा प्रकरणमा, कास्की लिची बगैँचा काण्डमा मुछिएका मन्त्रीहरू किन अझै पदमा छन् ? मान्छे बेचबिखनमा मुछिएकाहरूलाई किन सम्मानसहित स्वागत गरिन्छ ?’

सधैँ मल अभाव र खडेरी व्यहोरिरहेका किसानले खानेपानीको समेत चरम अभाव भोगिरहेकोप्रति पनि सांसद शाहले सरकारको ध्यानाकर्षण गराए।   पावर, पोस्ट र ‘झन्डा’को कुरा छाडी अब जनताको खेत, पेट र प्यासको कुरा गर्नुपर्ने उनको भनाइ छ।

‘मधेश अहिले भीषण सुक्खामा छ। किसान आकाश हेरेर पानीको पर्खाइमा छन्। तर, सीमाबाट मल तस्करी भइरहेको छ। किसान मल लिन जाँदा प्रहरी प्रशासनबाट लुटिइरहेका छन्। मल र सिँचाइ नपाएर किसान बेहाल छन्। खानेपानीको हालत झनै खराब छ। धारा सुकिसक्यो, ट्यांकर आउँदैन । जनता बाल्टिन बोकेर लाइनमा छन्। तर, सरकार मौन छ, उदासीन छ, संवेदनहीन छ,’ सांसद शाहले भने।