मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।डिजिटल बैंकिङ प्रविधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरूलाई सहज र सरल रूपमा सुविधा दिने उद्देश्य लिएर बैंकले सो सेवा सञ्चालनमा ल्याएको हो ।  

यस सेवाअन्तर्गत ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन्। यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ ।

सानिमा बैंकको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटिएम सञ्चालनमा छन् ।