मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
Invalid date format o९:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोलबजारबाट ब्राउनसुगरसहित एक पक्राउ, एक वर्षमा एक सय नौ मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o४:oo

सिराहाको गोलबजार नगरपालिका– ७ पुरानो चोहर्वाबाट प्रहरीले सुत्ने कोठामा सुकाएर राखेको कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । लागुऔषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स्थानीय करिब ३० वर्षीय रविन मुखियालाई प्लास्टिकसहित एक ग्राम ८५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागुऔषधसहित पक्राउ गरिएका मुखियालाई बिहीबार सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ । 

एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा
सिराहा प्रहरीले गत आर्थिक वर्ष ०८१/८२ मा जिल्ला प्रहरीसहित मातहतका प्रहरी युनिटहरूबाट विभिन्न प्रकारका लागुऔषधसहित नेपाली र भारतीय पुरुष तथा महिला गरी १८० जनालाई पक्राउ गरी १०९ वटा लागुऔषधसम्बन्धी मुद्दा चलाएको छ। प्रहरीको तथ्यांकअनुसार मुद्दा चलाइएकाहरूमा १६८ पुरुष र पाँच महिला नेपाली तथा ६ पुरुष र एक महिला भारतीय छन् । ‘लागुऔषधसहित चलाइएको मुद्दा १०७ वटा फर्स्योट भई दुईवटा बाँकी छ,’ प्रहरीको वार्षिक तथ्यांकमा उल्लेख छ । 

वार्षिक तथ्यांकअनुसार प्रहरीले उक्त अवधिमा एक हजार ३९ किलो ६०४ ग्राम २५२ मिलिग्राम गाँजा, एक किलो ५३५ ग्राम १३४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ। प्रहरीले गोप्य सूचना, चेकजाँचको आधारमा डाइजेपाम, फेनार्गन, बुप्रोनर्फिन, लुपिजेसिक, नाइट्राजेपाम, स्पास प्रो, कोडिनलगायतका सिन्थेटिक लागुऔषधसमेत बरामद गरी मुद्दा चलाइएको जनाएको छ ।