
सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएकी छिन् । बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ।
गत मंगलबार मध्यराति एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयमा तीन नेताले असहमति जनाएका थिए । भण्डारीले आफू पछाडि नहट्ने अडान लिएको उनीनिकट एक नेताले बताए । ती नेताका अनुसार भोलि धेरै कुरा प्रष्ट हुनेछ ।