मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ८ बिहीबार २१:१६:oo
Read Time : < 1 मिनेट
सप्तरंग

युरोपका पाँच मुलुकमा प्रस्तुति दिँदै नेपथ्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार २१:१६:oo

लोकरक ब्यान्ड नेपथ्यले आगामी महिना युरोपको शृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो ।

ब्यान्डले शृंखलाबद्ध यात्राको पहिलो प्रस्तुति  ९ अगस्टमा लन्डनको वेम्बलीमा दिनेछ । त्यसपछि २३ अगस्ट, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड प्रस्तुत हुनेछ । त्यहाँस्थित ‘पुलेन हल’ मा ब्यान्डको कन्सर्ट तय भएको छ ।

औद्योगिक युगको वैभव सम्झाउने पुरानो गोदामलाई व्यवस्थित हलमा परिणत गरिएको यो हल हिजोआज नियमित रक कन्सर्ट हुने थलो बनेको छ । यसै हलको वेबसाइटमा नेपथ्य कन्सर्टको विवरणसमेत देख्न सकिन्छ । कोपेनहेगन सहरमा नेपथ्यको दोस्रो प्रस्तुति हुन लागेको हो । यसअघि सन् २०१६ मा ब्यान्डले कोपेनहेगनमा लोकरक सुनाएको थियो ।

डेनमार्कपछि ब्यान्ड माल्टाको आटार्ड सहरमा उपस्थित हुनेछ । मुलुकको उत्तरी भेगमा पर्ने यस सहरको ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’ मा २७ अगस्ट, बुधबार नेपथ्यका गीतहरू गुन्जिनेछन्।

त्यसपछि ब्यान्ड पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । त्यहाँको राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’ मा ३१अगस्ट, आइतबार नेपथ्य प्रस्तुत हुनेछ ।