
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। चन्द्रागिरि– ११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका– ११ घर भएका ४२ वर्षीय साइँला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा गाेलेसहित १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख २८ हजार २६५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।