मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बिमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बिमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्गनिर्देश गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, बिमितहरू, बिमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, सेयरधनी, नियामक निकायहरू तथा सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन्। 

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बिमा बजारलाई दिशानिर्देशसमेत प्रदान गरेको कम्पनीले जनाएको छ। आगामी दिनमा बिमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा कम्पनीको विश्वास छ।