
भारतबाट चोरी गरेर आएको एक समूह बाँकेको कोहलपुरमा पक्राउ परेको छ । १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय, बाँकेले कोहलपुर– ११ मा रहेकाे होटेल भ्यु कालीकोटमा बसेका मनबहादुर शाही, तेजबहादुर शाही, पंकज केसी, सरिता शाही, प्रेमबहादुर खत्री र अनिता खत्रीलाई पक्राउ गरेको हो । उनीहरू सबै कालिीकोट जिल्लाका हुन्।
भारतबाट चोरी गरेर आएको सूचनाका आधारमा होटेलमा छापा हानी उनीहरूलाई पक्राउ गरिएको इप्रका कोहलपुरकी डिएसपी लक्ष्मी खनालले बताइन् ।