मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
फाइल तस्बिर
रासस काठमाडौं
२o८२ असार ३१ मंगलबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभरका छाउगोठ भत्काउन सांसदको माग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १६:o६:oo

सांसदहरूले निर्माणाधीन सुरुङमार्गको काम चाँडो सम्पन्न गर्न, खानेपानी, सिँचाइ र मलखादको प्रबन्ध गर्नेदेखि कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले आर्थिक वर्षभित्रै निर्माण आयोजनाको काम सम्पन्न गर्ने पद्धति विकास गर्न, स्वास्थ्य बिमा कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन तथा छाउपडी प्रथा उन्मूलनका लागि देशभरका छाउगोठ भत्काउने प्रभावकारी कदम चाल्न सरकारसमक्ष माग गरे।

सांसद दिलेन्द्रप्रसाद बडूले सार्वजनिक खरिद प्रक्रियाअनुरूप ठेक्कापट्टा प्रारम्भ नहुने र भए पनि आर्थिक वर्षको अन्त्यमा काम सक्ने प्रवृत्ति रहेको भन्दै यस प्रवृत्तिको अन्त्यका लागि सम्बन्धित आयोजना एवं कार्यालय प्रमुखलाई जवाफदेही बनाउन माग गरे। उनले आगामी आर्थिक वर्षको प्रारम्भमा नै ठेक्कपट्टा प्रारम्भ गरी समयमा काम सक्ने वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद ठाकुर गैरेले पाल्पाको सिद्धबाबा सुरुङमार्ग निर्माणको क्षेत्र अझै जोखिममा रहेको भन्दै उक्त सुरुङमार्ग निर्माणको काम समयमा नै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए। सिद्धबाबा आयोजनाको हाल भौतिक प्रगति ५७.५१ प्रतिशत र वित्तीय प्रगति ५१.१० प्रतिशत रहेको छ। सांसद गैरेले आयोजनालाई छिटो सम्पन्न गरी सुरक्षाको जोखिम न्यूनीकरण गर्न माग गरे।

सांसद देवेन्द्र पौडेलले पहिरोका कारण मध्यपहाडी लोकमार्ग अहिले पनि अवरुद्ध रहेको र बागलुङको अक्षेतेलगायतका खण्डकखण्डको काम चाँडो सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। साथै उनले उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना शीघ्र रूपमा अगाडि बढाउन पनि माग गरे।

सांसद विमला सुवेदीले कञ्चनपुरको छाउगोठसम्बन्धी घटनाले लज्जित बनाएको भन्दै कर्णाली र सुदूरपश्चिममा कायम रहेको छाउपडी प्रथा उन्मूलन गर्न र देशभरका सबै ठाउँका छाउगोठ भत्काउन सरकारको ध्यानाकर्षण गराइन्।