मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद

लर्ड्समा जुलाई १४ को संयोगः बेन स्टोक्सको अर्काे  सनसनी जित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:२९:oo

सन् २०१९ को एकदिवसीय क्रिकेटको रोमाञ्चक फाइनल खेल सायद धेरै क्रिकेट प्रेमीलाई अझै याद छ। न्यूजील्याण्ड र इंल्याण्डबिचको सो खेलमा इंल्याण्ड पराजयको संघारमा पुगेर पनि उपाधि चुम्न सफल भएको थियो। 

न्यूजील्याण्डले दिएको २४१ रनको लक्ष्य पछ्याएको इंल्याण्डका लागि अन्तिम ओभरमा ८ विकेट गुम्दा १५ रन चाहिएको थियो। क्रिजमा थिए बेन स्टोक्स । लगभग हारिसकेको अवस्थामा उनले स्कोर बराबर गर्दै खेललाई सुपर ओभरमा लगे। सो खेलमा उनले ८४ रनको अविजित पारी खेलेका थिए। पछि सुपरओभरमा पनि स्कोर बराबर भएकोमा बाउन्ड्रीका आधारमा इंल्याण्डले सो विश्वकप जितेका थिए। खेलका म्यान अफ दी म्याच उनै बेन स्टोक्स् भएका थिए। 

त्यो फाइनल खेल १४ जुलाईमा बेलायतको लर्ड्स क्रिकेट मैदानमा भएको थियो । त्यही मैदानमा १४ जुलाईमै ६ वर्षपछि इंल्याण्डले अर्काे रोमाञ्चक जित निकालेको छ । पाँच खेलको टेष्ट श्रृङखलाको तेस्रो खेलमा सोमबार भारतमाथि इंल्याण्डले जित निकालेको हो। 

यो खेलमा दुवै टिमको पहिलो इनिङ बराबर भयो । दोस्रो इनिङमा १९२ रन बनाउँदै इंल्याण्डले भारतलाई १९३ रनको लक्ष्य दिएको थियो। जून लक्ष्य भारतले सहजै पूरा गर्ने आकलन गरिएको थियो। तर, भारत १७० रनमै समेटियो। २२ रनले इंल्याण्ड विजयी भएको यो खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खासगरी भारतका रबिन्द्र जडेजाले १८१ बल खेलेर ६१ रन बनाई टिमलाई जित नजिक पुर्‍याएका थिए। अन्तिममा भारत अलआउट हुन पुग्यो । 

यो खेलमा पनि स्टोक्स नै हिरो बने। ब्याटीङ तथा बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका उनी सन् २०१९ मा जस्तै यसमा पनि म्यान अफ दी म्याच बनेका छन्। 

यो खेलको अर्काे संयोग इंल्याण्डका बलर जोफ्रा आर्चर हुन्। सन् २०१९ को विश्वकपमा सुपरओभरमा उनले नै बलिङ गरेका थए। अहिलेको टेष्ट खेलमा पनि उत्कृष्ट बलिङ गर्दै उनले भारतको दोस्रो इनिङमा महत्वपूर्ण तीन विकेट लिए । 

सो जितसँगै सिरिज इंल्याण्डले २–१ ले अग्रता लिएको छ ।