मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
२o८२ असार ३० सोमबार २१:१o:oo
Read Time : < 1 मिनेट
समाचार

पेस्तोलसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार २१:१o:oo

कैलालीको भजनीबाट हतियारसहित तीनजना पक्राउ परेका छन्। पक्राउ परेका दुईजना बाउछोरा हुन्। भजनी नगरपालिका–९, बाट ५० वर्षीय दिलीप कार्की,  उनका छोरा २२ वर्षीय विकास कार्की तथा सुरज विकलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट दुई थान पेस्तोल, एक थान हार्नेट, पेस्तोलमा लाग्ने ११ राउन्ड गोली, एक थान म्यागजिन, हर्नेटको २४ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

त्यस्तै, भरुवा बन्दुकको काठ एक थान, छर्रा एक डिब्बा, भरुवा बन्दुकको घोडा एक थान, मयूरको प्वाँख दुई गुच्चा र जरायोको सिङ तीन थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जिल्ला प्रहरीको टोलीले कार्कीको घरमा खानतलासी गर्दा हतियार फेला पारेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।