मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ३० सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार देखिएन : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार १५:o९:oo

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्री केपी ओलीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार नदेखिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाढा भनिरहँदा या पटक-पटकका संसद् विघटनका शृंखला हेर्दा प्रतिगमनकारीहरू सलबलाउँदा वा व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउन आधार यसबिचमा देखिएन,’ प्रचण्डले भने ।

ओली नेतृत्वको सरकारको एक वर्षको समयमा यस्तो महसुस भएको प्रचण्डले बताएका हुन् ।