मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद

अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४६:oo

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग ३–२ ले पराजित भएको छ। 

बंगलादेशको बसुन्धरा किङ्स मैदानमा नेपालले दुई गोलले पछि पर्दा पनि बराबरी गर्दै अंक खोस्ने तयारी गरेको थियो । तर, अन्तिम सेकेन्ड सम्हालिन नसक्दा नेपाल गोल बेहोर्न पुगेको हो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा बंगलादेशले तेस्रो गोल गर्दै जित निकालेको हो। दुई खेलबाट ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ।

बंगलादेशको जितमा सिन्हा शिखा, सागोरिका र श्रीमोती तृश्ना रानीले समान एक गोल गरेका हुन्। नेपालको लागि डिफेन्डर अनिशा राई र मीना देउवाले समान एक/एक गोल फर्काए।  
खेलको ५७औँ मिनेटमा दुवै टोली दश खेलाडीमा सीमित भएका थिए। नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिकालाई सिधै रातो कार्ड देखाइएको थियो। दुवैले एकअर्कालाई हात हालाहाल गरेपछि भुटानी रेफ्री छिरिङ याङखेले सिधै रातो कार्ड देखाएकी हुन्।