मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका राजविराज
२o८२ असार २९ आइतबार १८:५९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार १८:५९:oo

राजविराजमा जारी सप्तरी प्राइड लिगअन्तर्गत चौथो दिन कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका छन्। 

पहिलो खेलमा राजगढ वारियर्सले दिएको १२५ रनको लक्ष्य कञ्चनरूप राइनोजले १६ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। राइनोजको ब्याटिङमा ओपनर राकेश कामतले अर्धशतक बनाउने क्रममा २५ बलमा ८ चौका र तीन छक्का मद्दतले ५४ रन प्रहार गरे।

यस्तै, रासिद खानले ३० बलमा ३१ रन तथा रौनक सिंहले २४ बलमा अभिजित १७ रन बनाए। राजगढ वारियरका बलर बिक्की पासवान र रोशन यादवले समान दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको राजगढ वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो। वारियर्सको लागि नयन यादवले सर्वाधिक ३३ तथा रोशन यादवले ३२ रन बनाए। अजित यादवले १५ तथा मनीष यादवले अविजित १४ रन बनाए।

कञ्चनरूप राइनोजको बलिङतर्फ राशिद खान, उमेश चौधरी र अभिमन्यु सरदारले समान २ विकेट लिए। मुकेश सिंहको नाममा १ विकेट रह्यो। खेलको प्लेयर अफ द म्याच राकेश कामत भए।

दोस्रो खेलमा रोयल च्यालेन्जर्स बाह्री वीरपुरले रुपनी राइडर्सलाई २८ रनले पराजित गर्‍यो। १३४ रनको लक्ष्य पछ्याउने क्रममा राइडर्सले १८.१ ओभरमा १०५ रनमा सबै विकेट गुमायो।राइडर्सको ब्याटिङमा गौरभ शाहले सर्वाधिक ३२ रन योगदान दिए। सुमन चौधरीले १७ तथा विशाल पटेलले १३ रन बनाए।

वीरपुरको  बलिङमा तृतराज दास, सुमित श्रेष्ठ र राहुल विकले समान ३ विकेट लिए। तृतले ३.१ ओभरमा १९ रन खर्चे भने सुमितले ४ ओभरमा २६ तथा राहुलले समान ४ ओभरमा १६ रन मात्र खर्चिए।

यसअघि टस जितेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बाह्री वीरपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन बनाएको थियो। वीरपुरको लागि ओपनर अमित यादवले सर्वाधिक ३३ रनको योगदान दिए। जुन क्रममा उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। यस्तै अमित मण्डलले १३, विकास दासले १२, भीम यादवले ११ तथा सुमित श्रेष्ठले १० रनको योगदान दिए।

रुपनी राइडर्सको बलिङमा अशोक मेहताले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चे। यस्तै इम्रान शेख र रविन मण्डलले समान दुई विकेट लिए। उक्त खेलको प्लेयर अफ द म्याच सुमित श्रेष्ठ घोषित भए।